दशैँपछिको पहिलो कारोबार दिनमा ३१.४८ अंकले बढ्यो नेप्से, तीन अर्बको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ आश्विन २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – दशैँपछिको पहिलो कारोबार दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३१.४८ अंकले बढेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक १.१७ प्रतिशतले वृद्धि भएर २६९९.६६ विन्दुमा बन्द भएको हो ।

यसदिन २०५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ३२ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

- Advertisement -
Ad image

आज तीन अर्ब ६ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन जानकी फाइनान्स कम्पनी र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । मिड सोलु हाइड्रोपावरको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ ।

मंगलबार कारोबारमा आएका १३ मध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचकबाहेक सबै समूहको परिसूचक वृद्धि भएको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.२२ प्रतिशतले घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक वृद्धि भएको छ । यो समूहको परिसूचक ४.६१ प्रतिशतले वृद्धि भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्