काभा भलिबलको फाइनलमा चुक्यो नेपाल: उज्वेकिस्तानले जित्यो उपाधि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ आश्विन २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौँ – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू-२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।

श्रीलंकाको कोलम्बोमा शनिबार सम्पन्न फाइनलमा उज्वेकिस्तानसँग नेपाल ३-१ को सेटमा पराजित भएको हो ।

- Advertisement -
Ad imageAd image

खेलको सुरुवाती पहिलो सेटमा २७-२५ को शानदार जित निकालेको नेपालले त्यसपछिको लगातार तीन सेट गुमाउन पुग्यो । खेलको दोस्रो सेट २५-१०, तेस्रो सेट २५-१६ र चौथो तथा अन्तिम सेटमा नेपाल २५-२० ले पराजित बन्यो ।

समूह चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई हराउँदै फाइनमा उज्वेकिस्तानसँगको भेट पक्का गरेको थियो । त्यसैगरी नेपालले समूह चरणमा श्रीलंका, तुर्केमिनिस्तान र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्वेकिस्तानसँग पराजित भएको थियो ।

श्रीलंका भलिबल फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलंकासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान र उज्वेकिस्तान सहभागी थिए । प्रतियोगिता यही असोज २० गतेदेखि सञ्चालन भएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: