एमाले पार्टी कार्यालय बनाउन भाटभटेनीका मिनबहादुरले गरे जग्गा दान, प्रधानमन्त्री ओलीद्धारा शिलान्यास

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ आश्विन २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेकपा (एमाले) को नयाँ पार्टी कार्यालय भवनको आज शिलान्यास गरिएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका २, मैत्रीनगरमा नयाँ बन्ने भवनको आज प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका हुन् ।

सो भवन निर्माणको लागि भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले जग्गा दान दिएको बताईएको छ ।प्रधानमन्त्री अ‍ोलीसँग भवन शिलान्यास कार्यक्रममा मिनबहादुरपनि सामेल थिए । गुरुङ दम्पतीले एमालेको भवन बनाउनको लागि १० रोपनी १४ आना जग्गा दान गरेका हुन् । त्यसमा अब अध्याधुनिक कार्यालय बन्नेछ ।

- Advertisement -
Ad imageAd image

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्