प्रधानमन्त्री ओलीले यसपालिको दशैंमा सर्वसाधारणलाई टीका नलगाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ आश्विन २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले यसपालिको दशैंमा सर्वसाधारणलाई टीका नलगाउने भएका छन् । प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकाले विजयादशमीको टीका उल्लासमय नहुने उनले जनाएका छन् ।

यसपटक परिवारका सदस्यबाहेक टीका लगाउने कार्यक्रम नरहेको सन्देश उनले सामाजिक सञ्जालमार्फत दिएका छन् ।

- Advertisement -
Ad image

उनले भनेका छन्, ‘यतिबेला मेरो मन भारी भइरहेको छ । दशैंको उल्लासमय रमाउनुपर्ने बेला, हाम्रा दिदीबहिनी, दाजुभाइहरू पनि रमाउन नसकिरहेको अवस्थामा म पनि त्यति रमाउन सकिरहेको छैन ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्