नेपाल प्रहरीले दशैंमा काठमाडौं उपत्यकामा २ वटा निःशुल्क बस सञ्चालन गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ आश्विन २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – विगत वर्षझैं नेपाल प्रहरीले दशैंमा काठमाडौं उपत्यकामा २ वटा निःशुल्क बस चलाउने भएको छ ।

दशैंमा सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा होस् भनेर निःशुल्क बस चलाउन लागिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहारी नावय महानिरीक्षक दानबहादुर कार्कीले अनलाइनखबरलाई बताए ।

- Advertisement -
Ad imageAd image

उनका अनुसार एउटा बस रिङरोडभित्रका सर्वसाधारणहलाई चढाउने भने अर्को बसले रिङरोड बाहिरका सर्वसाधरणलाई चढाउनेछ ।

काठमाडौं उपत्यकाभित्र नेपाल प्रहरीको निःशुल्क बस सेवाको एक नम्बर रुटवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, वालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्सालसम्म फिर्ता हुनेछ ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्