मकवानपुरमा तीन वटा सवारी ठोक्किए, ६ जनाको अवस्था गम्भीर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ आश्विन २०८१, बिहीबार
1 Min Read
Aa

मकवानपुर – मकवानपुरमा तीन वटा सवारी एक आपसमा ठोक्किँदा २८ जना घाइते भएका छन्। भीम फेदी गाउँपालिका वडा नम्बर ४ गोल्फिनबेसीमा काठमाडौँबाट जनकपुर जाँदै गरेको बा. ३ख २७२३ नम्बरको मिनिबस र हेटौँडाबाट काठमाडौँ जाँदै गरेको बा. २ ज ९८३ नम्बरको ट्याक्सी ठोक्किएर दुर्घटना भएको थियो । बा. २  ज ८० नम्बरको अर्को ट्याक्सी पनि दुर्घटनामा परेका सवारीसँग ठोक्किएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरी प्रवक्ता श्याम अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, गम्भीर घाइते ६ सहित आठ जनालाई थप उपचारका लागि चितवन पठाइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

- Advertisement -
Ad imageAd image

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्