काठमाडौं – दसैं बिदा प्रारम्भ हुनुअघिको अन्तिम कारोबार दिन (बुधबार) सेयर बजार परिसूचक (नेप्से) एकल अंकले बढेर बन्द भएको छ । बुधबार ४.८५ अंकले बढ्दै नेप्से २६६८.१७ को बिन्दुमा उक्लिएको छ ।
अब सेयर कारोबार असोज २९ गते मंगलबार मात्र खुल्नेछ । ४.८५ अंकले बजार बढेको दिन कारोबार रकम भने तीन अर्ब ७६ करोड १५ लाख रुपैयाँमा सिमित भएको छ । १३० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १०२ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
आज मिड सोलु हाइड्रोपावरको मूल्य १० प्रतिशतले वृद्धि भएको छ । थ्रीस्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
कारोबारमा आएका १३ मध्ये चार समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ । सर्वाधिक परिसूचक वृद्धि उत्पादन तथा प्रशोधन समूहको भएको छ । यो समूहको परिसूचक १.०८ प्रतिशतले वृद्धि भएको छ ।
परिसूचक घट्नेमा जीवन बिमा, लगानी, विकास बैंक र व्यापार समूह छन् । व्यापार समूहको ०.६५ प्रतिशत, विकास बैंक समूहको ०.३८ प्रतिशत, लगानी समूहको ०.२२ प्रतिशत र जीवन बिमा समूहको परिसूचक ०.०१ प्रतिशतले वृद्धि भएको छ ।


प्रतिक्रिया दिनुहोस्