काठमाडौं – साताको कारोबारको पहिलो दिन आईतबार सेयर बजारमा सानदार बृद्धि भएको छ । आज नेप्से परिसूचक ५६ दशमलव ०९ अंकले बढेर २६५३ दशमलव ५८ को विन्दुमा पुगेको छ ।
आईतबार ३०८ कम्पनीका ६९ हजार ८ सय ६० पटकको कारोबारमा १ करोड ५० लाख ४६ हजार ७ सय १० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब १३ करोड ८२ लाख ६ हजार ७ सय ५ रुपैयाँ रहेको छ ।
२१९ कम्पनीको सेयर मूल्य बढ्दा २३ कम्पनीको घटेको छ भने २ वटा स्थिर रहेको छ । १३ उपसमूहमध्ये सबै हरियाली हुँदा न्यादी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै कारोबार साहस ऊर्जाको भएको छ ।


प्रतिक्रिया दिनुहोस्