पुष्पलाल मार्गकाे ज्यामिरेमा पनि भासियाे सडक: आवागमन अवरुद्व 

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ आश्विन २०८१, शनिबार
1 Min Read
Aa

दोलखा – पुष्पलाल मार्ग अन्तर्गत दोलखाको मेलुङ गाउँपालिका- ७ सितली नजिकै ज्यामिरेमा सडक भासिएको छ । सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको छ ।

सडक अवरूद्व भएपछि रामेछाप,ओखलढुंगा, सिन्धुलीलगायतबाट वैकल्पिक राजमार्ग प्रयोग गरेर आएका सवारीसाधन रोकिएको जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

रोकिएका सवारीसाधनलाई तामाकोसी गाउँपालिकाको जफे हुँदै किर्नेटार जोडिने सडक प्रयोग गर्न आग्रह गरिएको कार्यालयले जनाएको छ ।

डिभिजन सडक कार्यालय चरिकोटले सडक खुलाउने प्रयास गरिरहेको जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्