काठमाडौं – संवैधानिक राजसंस्थाको पुनर्स्थापना र हिन्दु राष्ट्रको एजेन्डा उठाउँदै आएको राजवादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र आन्तरिक विवाद देखिएको छ ।
पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूको जिम्मेवारी हेरफेर गर्दा स्वास्थ उपचारका लागि भारर भ्रमणमा निस्केका महामन्त्री डा. धवलशमशेर राणाको संगठन विभाग प्रमुखको जिम्मेवारी खोसिएको छ । उनी आन्दोलन परिचालन समितिको संयोजक रहेकाले त्यहाँमात्रै केन्द्रित गर्नका लागि जिम्मेवारी हेरफेर भएको दाबी गरेपनि राणालाई संगठन विभाग प्रमुखबाट हटाएको विषयले राप्रपाभित्र असन्तुष्टि बढेको छ ।
महामन्त्री राणाले सम्हाल्दै आएको संगठन विभागको जिम्मेवारी उपाध्यक्ष बुद्धिमान तामाङले पाउँदा उनले सम्हाल्दै आएको राजनीतिक विभाग भने अर्का उपाध्यक्ष रविन्द्र मिश्रलाई दिइएको छ । भने स्थानीय तह परिचालन विभाग प्रमुखमा वरिष्ठ उपाध्यक्ष ध्रुबबहादुर प्रधान, पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्कालाई जिम्मेवारी दिइएको छ ।
यसैगरी, विपद् व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धब थापा, सूचना प्रविधि विभाग प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने छन् ।


प्रतिक्रिया दिनुहोस्