सेयर बजारमा उछाल: ११४ अंकले बढ्यो नेप्से परिसूचक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ आश्विन २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – पछिल्ला केही कारोबार दिनदेखि निकै सुस्त र घट्दो क्रममा रहेको सेयर बजारमा साताको तेस्रो कारोबार दिन भने उछाल देखिएको छ । सोमबारको तुलनामा मंगलबार नेप्से सूचक ११४.७० अंकले बढ्दै इन्डेक्स समेत २६२३.५६ अंकमा उक्लिएको छ ।

नेप्से सूचक ११४ अंकले बढेका दिन मंगलबार कारोबार रकम समेत दोब्बरले बढ्दै ७ अर्ब ६१ करोडको कारोबार भएको छ सोमबार ३ अर्ब ७१ करोडको मात्रै सेयर खरिदबिक्री भएको थियो । नेप्से सूचक र कारोबार रकम दुबै बढ्दा १८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा फाइनान्स समूहको सूचक मात्रै ९.७४ प्रतिशतले बढेको छ ।

- Advertisement -
Ad image

त्यस्तै बैंकिङ ३.८२, होटल तथा पर्यटन ५.९७, हाइड्रोपावर ५.९८, लगानी ६.१०, जीवन बिमा ४.१२, उत्पादन २.१९, माइक्रोफाइनान्स ३.९८, निर्जीवन बिमा ३.०९, अन्य ४.६७ र व्यापार समूह ३.९९ प्रतिशतले बढेको छ । बजारमा उच्च अंकको वृद्धि सँगै करेक्सन चरण सकिएकाले नेप्सेले नयाँ गति समाउन लागेको भन्दै लगानीकर्ता भने उत्साहित देखिएका छन् ।

मंगलबारको कारोबार अवधिभर एक करोड ७५ लाख ७ हजार कित्ता सेयर कारोबार हुँदा एउटा कम्पनीको मूल्य स्थिर हुँदा कारोबारमा आएका २४३ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । कारोबार तर्फ भने आज एनएलजी इन्स्योरेन्स, हिमालयन रि-इन्स्योरेन्स, नेपाल फाइनान्स, सीईडीबी हाइड्रोपावर तथा अपि पावर लिमिटेड अग्रस्थानमा छन ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्