बाढीपहिरो पीडितलाई राहत: मृतक परिवारलाई २ लाख, मन्त्रीहरूको १ महिनाको तलब कोषमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ आश्विन २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि अनुसार राहत रकम दिने निर्णय गरेको हो ।

- Advertisement -
Ad image

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ४ बजे पत्रकार सम्मेलन गरेर राहतको अरु प्याकेज घोषणा गर्ने निर्णय भएको छ । बैठकले राहत कोषमा १ अर्ब रकम अर्थ मन्त्रालयबाट उपलब्ध गराउने निर्णय गरेको छ । त्यसबाहेक प्रधानमन्त्री र मन्त्रीहरूले १ महिनाको तलब राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्