अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिद्वारा नेपाल बाहिरका ३० देशका लागि दशैंको टीका लगाउने उत्तम साइत तय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ आश्विन २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपालभन्दा बाहिरको लागि दशैंको टीका लगाउने उत्तम साइत तय गरेको छ ।

शुक्रबार बसेको समितिको बैठकले ३० वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिए ।

- Advertisement -
Ad imageAd image

धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा माग बमोजिम टीकाको साइत तयार गरिएको हो । समितिकाअनुसार अमेरिका, क्यानडामा अक्टोबर १२ तारिखमा टीकाको शुभ साइत जुरेको छ । जापान, अस्ट्रेलिया, न्‍यूजिल्याण्ड, दक्षिण कोरियामा १३ तारिखमा टीकाको शुभ साइत जुराइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्