अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० आश्विन २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदै छ।

त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा आयोजना हुने सम्मेलन दिउँसो १ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन कार्यक्रम छ। आयोजकका अनुसार असोज ११ गते बिहान ८ बजे बन्दसत्र सुरु हुनेछ। उक्त दिन विधान तथा प्रतिवेदन पेस हुनेछ।

- Advertisement -
Ad imageAd image

यसपछि समूह विभाजन गरी छलफलका लागि बन्दसत्र खुला गरिनेछ। असोज १२ गते बिहान ८ बजेदेखि विधान प्रतिवेदनबारे समूहगत छलफल, निष्कर्ष तथा रिपोर्टिङ गरिनेछ।

सोही दिन प्रतिनिधिहरूको नामावली निर्वाचन समितिले सार्वजनिक गर्नेछ। यसपछि असोज १३ गते बिहान ८ बजे निर्वाचन कार्यक्रम सुरु हुनेछ भने असोज १४ गते बिहान ८ बजेदेखि मतदान थालिनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्