काठमाडौं – साताको कारोबारको दोस्रो दिन नै सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । हिजो सामान्य अंकले बढेको सेयर बजार एक दिन पनि टिक्न नपाउँदै आज भारी अंकले ओरालो लागेको हो ।
सोमबार नेप्से परिसूचक ५९ दशमलव ०२ अंकले घटेर २५२९ दशमलव ३३ को विन्दुमा पुगेको छ । आज ३२९ कम्पनीका ७७ हजार १ सय ५३ पटकको कारोबारमा १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ६६ करोड तीन लाख २ हजार रुपैयाँको कारोबार भएको छ ।
सबैभन्दा धेरै हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.८४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा गुडविल फाइनान्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
नेपाल धितोपत्र बोर्ड (नेप्से)का अनुसार सोमबार कारोबारमा रहेका १३ वटै समूहको समूहगत परिसूचक घटेको छ ।


प्रतिक्रिया दिनुहोस्