श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ आश्विन २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौंं – श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । निर्वाचन आयोगले आइतबार साँझ दिसानायके राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ ।

शनिबार भएको रास्ष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार बनेका दिसानायकेले ४४ प्रतिशत बढी मत ल्याएर निर्वाचित भएका हुन् । उनका विपक्षी वर्तमान राष्ट्रपति रनिल विक्रमासिङे र अर्का उमेदवार साजिथ प्रेमदशाले क्रमशः १७ र ३३ प्रतिशत मत ल्याएका छन् । अनुराको सोमबार सपथ हुने भएको अलजजिराले उल्लेख गरेको छ ।

- Advertisement -
Ad imageAd image

उनको दल जनमुक्ति मोर्चा (जेभेपी) नेतृत्वको गठबन्धन सरकार बन्ने भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्