रविलाई ३ कसुरमा मुद्दा चलाउने तयारीः के होला उनको राजनीति ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ आश्विन २०८१, शनिबार
2 Min Read
Aa

काठमाडौं – जिल्ला प्रहरी कार्यालय कास्कीबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा अगाडि बढाउने तयारी गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीमा यी कसुरमा मुद्दा अगाडि बढाउने र त्यसका लागि सहकारी छानबिन समितिको प्रतिवेदन पठाउने सरकारी तयारी छ।

- Advertisement -
Ad imageAd image

सहकारी छानबिन समितिले पूर्वगृहमन्त्री समेत रहेका लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, कुमार रम्तेल र जीबी राईलाई पनि कानुनी दायरामा ल्याउन सिफारिस गरेको छ। उनीहरुले सहकारीका बचतकर्ताको रकम अपचलन गरेको छानबिन समितिको निष्कर्ष छ।

समितिले गत सोमबार संसदमा उक्त प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन बुझेकै दिन सभामुखले कार्यान्वयनका लागि सरकारलाई पठाएका थिए। मन्त्रिपरिषद् बैठकले पनि उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै गृह मन्त्रालयमा पठाएको छ। गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार सम्बन्धित प्रहरी कार्यालयमा उक्त प्रतिवेदन पठाउने छ।

जीबी राईले सहकारीका बचतकर्ताको रकम रविसमेत सञ्चालक रहेको गोर्खा मिडिया नेटवर्कमा लगेको र रवि लामिछानेसमेतले उक्त रकम अपचलन गरेको समितिको निष्कर्ष छ। समितिले रवि लामिछानेले आफैँ चेक काटेर के कति रकम कहाँकहाँ खर्च गरे भन्ने पनि प्रतिवेदनमै उल्लेख गरेको छ।

रविले बुटवलको सुप्रिम सहकारीबाट आएको दुई करोड रुपैयाँ गोर्खा मिडिया हुँदै सिधै लामिछानेका नाममा गएको थियाे । यो बीचमा उनले तलबभत्ताबापत १ करोड ४ लाख रुपैयाँ छुट्टै बुझेका थिए ।

पोखराको सूर्यदर्शन, चितवनको साहारा, वीरगन्जको सानो पाइला, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा पैसा सारिएको थियो । कम्पनीको जुन खातामा पैसा सारिएको थियो, त्यो लामिछानेसहितका कम्पनी सञ्चालकको हस्ताक्षरमा सञ्चालन भइरहेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्