काठमाडौ – नेपालभरी छरिएर रहेका सम्पूर्ण बांग्ला भाषी समुदायको प्रतिनिधित्व गर्ने नेपाल राष्ट्रिय बांग्ला समाजले पूर्व प्रधानमन्त्री एवं प्रमुख सत्तारूढ नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग आग्रह गरेको छ ।
नेपाल राष्ट्रिय बांग्ला समाजको आर्थिक वर्ष २०८१/०८२ का निर्वाचन अधिकृत समेत रहेका बांग्ला समाजका अग्रज सपन कुमार देव नेतृत्वको एक टोलीले सोमबार कांग्रेस सभापति देउवालाई भेटी आफ्ना मागबारे अवगत गराएको हो । नेपाल राष्ट्रिय बांग्ला समाजका केन्द्रिय अध्यक्ष पार्थो सरकार, केन्द्रीय उपाध्यक्ष किरण कुमारी सरकार र आजिवन सदस्य दिपक चन्द्र सेन समेतको सहभागी रहेको थियो ।
‘वेटिङ प्राइममिनिस्टर’ समेत रहेका देउवासँगको भेटमा बांग्ला समाजका पदाधिकारीले आफ्नो समुदायको भाषा, संस्कृति, भेष-भुषा, रहनसहन, कलाकृति तथा धर्मको समेत संरक्षण, जगेर्ना तथा सम्बर्द्धन गर्ने उदेश्का लागि बांग्ला समाजलाई प्रतिनिधित्व हुने गरि संवैधानिक आयोग बनाउन माग गरेको हो ।
नेपालको इतिहासमा शिक्षक, डाक्टर तथा इन्जिनियर जस्ता क्षेत्रमा बांग्ला समुदायको ठूलो योगदान छ । नेपालको शिक्षा, स्वास्थ तथा इन्जिनियरिङको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै अल्पसंख्यकको रूपमा रहेका बांग्ला समुदायलाई मुलधारमा ल्याउन समेत पहल गर्न समाजले कांग्रेस सभापति देउवासँग आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्