बालेनमाथि ओलीको अर्को कटाक्ष: अहिले कहाँ एउटा केटो निस्कियो, त्यसले मनपरी बोल्छ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ भाद्र २०८१, शनिबार
1 Min Read
Aa

काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मनपरी बाेल्ने गरेकाे आराेप लगाएका छन्।

शनिबार नेकपा एमालेले काठमाडौँमा आयोजना गरेको स्थानीय तहमा जनसंगठन सुदृढीकरण कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले बालेनको नामै नलिई ‘एउटा केटोले मनपरी बोल्ने’ गरेको टिप्पणी गरेका हुन्।

- Advertisement -
Ad image

बालेनसँग जनमत रहेको र उनलाई चलाउन हुन्न भन्ने गरिएको भन्दै प्रधानमन्त्री ओलीले नचाहिने प्रचारलाई स्थापित हुन दिए साँच्चै स्थापति हुने बताए।

उनले भने, ‘अहिले कहाँ एउटा केटो निस्कियो। त्यसले मनपरी बोल्छ। त्यसलाई चाहिँ चलाउनु हुँदैन है, त्यसलाई चलाउनु हुँदैन, त्योसँग जनमत छ अरे! नचलाएर उसको कुरा स्थापित हुँदै जान्छ दिनुहुन्छ, तपाईं नचाहिने प्रचारहरु स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापति हुन्छ।’

बोकेको बिरालोले मृग मार्न नसक्ने भन्दै त्यस्ता भ्रमबाट मुक्त हुनुपर्ने उनले बताए। ‘देखिसक्यौँ नि हामीले! बोक्नेले त बोकेकै छ त। बोकेको बिरालोले मार्ने हो कि होइन तर बिरालो काँधमा बोक्या छ। यताबाट गोली हानेर मृग मार्‍यो भने बोकेका बिरालाले मृग मार्‍यो भनेर चलाइदिन्छन्। त्यसो भएर भ्रमबाट मुक्त हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने।

मेयर शाहले प्रधानमन्त्री ओलीको सामाजिक सञ्जालमा चर्को आलोचना गर्दै आएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्