नेपालले अमेरिकामा खेल्ने लिग– २ को खेल तालिका सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ भाद्र २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडाैँ – नेपालले अमेरिकामा खेल्ने आईसीसी विश्वकप लिग– २ को खेल तालिका सार्वजनिक भएको छ । लिग–२ मा नेपाल, अमेरिका र स्कटल्यान्ड भिड्नेछन् । नेपालले खेल्ने सबै खेलहरु प्रेरिरी भ्यू ह्युस्टनमा राति १०ः१५ मा सुरु हुनेछन् ।

नेपालले पहिलो खेल २७ अक्टोबरमा अमेरिकासँग, दोस्रो खेल २९ अक्टोबरमा स्कटल्यान्डसँग र तेस्रो खेल २ नोभेम्बरमा अमेरिकासँग र ४ नोभेम्बरमा स्कटल्यान्डसँग खेल्नेछ ।

- Advertisement -
Ad image

त्यसपछि यी तीन टोलीबीच टी–२० सिरिज हुनेछ ।लिग–२ र त्रिकोणात्मक टी–२० आई सिरिज खेल्न नेपाली टोली मंगलबार राति क्यानडातर्फ गइसकेको छ ।

नेपालले लिग २ मा क्यानडासँग १६ र २२ सेप्टेम्बरमा खेल्नेछ । त्यस्तै ओमानसँग १८ र २४ सेप्टेम्बरमा लिग–२ मा प्रतिस्पर्धा गर्नेछ ।

त्यसपछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ । नेपालले त्रिकोणात्मक टी२० आई सिरिजमा २८ सेप्टेम्बरमा क्यानडा, २९ मा ओमान, १ अक्टोबरमा क्यानडा र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।

क्यानडामा यी खेल सकिएपछि नेपाली टोली अमेरिका जानेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्