नेप्सेको गिरावट आज पनि जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – साताको चौथो कारोबार दिन पनि सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज २२.७३ अंकले घटेर परिसूचक २६१०.२१ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बुधबार ३१७ कम्पनीको १ करोड ५४ लाख २८ हजार ७ सय २४ सय कित्ता सेयर किनबेच हुदाँ ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१ रुपैयाँ संकलन भएको छ ।

- Advertisement -
Ad imageAd image

ओरालो यात्राका बिच बुधबार अधिकांश कम्पनीका मूल्य घटे । कारोबारमा आएका २४३ कम्पनीमध्ये १७५ कम्पनीको मूल्य घट्यो भने ६५ कम्पनीको मूल्य बढ्यो । आज ४ कम्पनीको मूल्य स्थिर रह्यो ।

विशेषगरी बजार निरन्तर घटेसँगै धेरै लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन् । जसको प्रभाव कारोबार रकमसँगै इन्डेक्समा परेको छ । जसले आममा निराशा पनि पैदा गरेको छ ।

केही बजार विश्लेषकले यसलाई करेक्सन भनेका छन् भने केही चाडवाडको प्रभावको रुपमा लिएका छन् । यद्यपि, यो प्रभाव कहिले र कहाँसम्म पुग्ला अन्योल देखिन्छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्