देउवाले बोलाए पदाधिकारी बैठक, उपसभामुखलाई महाअभियोग लगाउनेबारे छलफल हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ भाद्र २०८१, मंगलवार
1 Min Read
Aa
प्रधानमन्त्री शेर बहादुर देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले राजीनामा दिएर मार्ग प्रशस्त नगरेको खण्डमा महाअभियोग लगाउने तयारी भइरहेको अवस्थामा सोही विषयमा छलफलका लागि देउवाले बैठक आह्वान गरेका हुन् । बैठक भोलि (बुधबार) विहान देउवा निवास बुढानीलकण्ठमा बस्नेछ ।

सत्तारुढ दलको बैठकले उपसभामुख रानालाई हटाउनेबारे निर्णय गरिसकेको छ । सभापति देउवाले यसबारे पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको धारणा बुझ्न खोजेको बताइएको छ । राजीनामा दिन उपसभामुख रानालाई प्रतिनिधि सभामा पनि दवाब बढ्दै गएको छ । सत्तारुढ दलबाट निर्वाचित सांसदहरुले आजको प्रतिनिधि सभा बैठकमा उपसभामुख रानाको राजीनामा माग गरेका थिए ।

- Advertisement -
Ad image

रानाले पदीय मर्यादा र गरिमा जोगाउन नसकेको सत्तारुढ दलका नेताहरुको आरोप छ । उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन केही युवाहरुलाई भिसा सहजीकरण गरिदिन भन्दै अमेरिकी दुतावासलाई लेखेको पत्र बाहिरिएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्