सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री ओलीको प्रतिबद्धता, ‘गठबन्धनको भावनाविपरीत बोल्दिनँ’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ भाद्र २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – सत्तारुढ दलका शीर्ष नेताहरुसहितको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी थिए ।

बैठकमा सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रम र समसामयिक घटनाक्रमको विषयमा छलफल भएको बताइएको छ । सरकार बनेको दुई महिना हुँदासम्म सत्तारुढ दलले अहिलेसम्म साझा नीति तथा कार्यक्रम ल्याउन सकेको छैन ।

- Advertisement -
Ad image

त्यस्तै, प्रधानमन्त्री ओलीले विशिष्ट परिस्थितिमा दुई ठूला दलसहितको सरकार बनेको स्मरण गराउँदै गठबन्धनको मर्म र भावना विपरीत कसैले पनि अभिव्यक्ति दिन नहुने र आफूले पनि नदिने बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्