माधव नेपालको एकीकृत समाजवादी फुटको संघारमा: ६ सांसद र १५० केन्द्रीय सदस्यहरुको हस्ताक्षर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ भाद्र २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी फुटको नजिक पुगेको छ । लामो समयदेखि पार्टी फुटाउने तयारीमा रहेका सांसदहरुले अब भने एक साताभित्रै पार्टी विभाजन गर्नेगरि तयारी गरेको सो पार्टीनिकट उच्च स्रोतको दाबी छ । दुई जना पदाधिकारीले पार्टी विभाजनको नेतृत्व गरेको जनाईएको छ ।

अहिले सो दलबाट प्रतिनिधिसभामा १० जना सांसद छन् । पार्टी विभाजनको पक्षमा ६ जना सांसद उभिएको बताईएको छ । पार्टी विभाजनको नेतृत्व गर्ने सांसदहरुमा भने कृष्णकुमार श्रेष्ठ र प्रेम आले अग्रभागमा छन् । श्रेष्ठ र आलेले त पार्टीका पछिल्ला महत्वपूर्ण बैठकहरु नै बहिष्कार गर्दै आएका छन् ।

- Advertisement -
Ad imageAd image

आले त पार्टीको महाधिवेशन भैरहेको बेला देश छोडेर हिँडेका थिए । पार्टी विभाजन गरेकाहरु तत्कालै एमालेमा समाहित हुने बुझिएको छ । करिब १५० जना केन्द्रीय सदस्यहरु पार्टी विभाजनको पक्षमा उभिएको पार्टी विभाजनको लागि सक्रिय भूमिका खेलिरहेका ती सांसदको दाबी छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्