जीवी राई खोज्न मलेसिया पुगेको प्रहरी टोली रित्तो हात फर्कियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० भाद्र २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – सहकारी ठगी प्रकरणमा फरार रहेका गीतेन्द्रबाबु उर्फ जीबी राई खोज्न मलेसिया पुगेको नेपाल प्रहरीको टोली खाली हात फर्किएको छ । नेपाल प्रहरीका एसपी र सईले एक सातासम्म मलेसियामा जीबीलाई खोजे पनि फेला नगरेपछि खाली हात फर्किएको बताइएको छ ।

‘जीबी मलेसियामा रहेको जानकारी पाएपछि परराष्ट्र मन्त्रालयको समन्वयमा प्रहरीको टोली पठाइएको थियो । जिबीबारे केही पत्तो नलागेन । उहाँहरु हिजो (बुधबार) फर्किनुभयो,’– एक प्रहरी अधिकारीले बताए ।

- Advertisement -
Ad imageAd image

सहकारी ठगी मुद्दामा फरार रहेका जिबीमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा, काठमाडौंको स्वर्णलक्ष्मीलगायतका सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम अपचलन गरेको आरोप छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्