आज मिति वि.सं.२०८१ भदौ २० गते बिहीबार ई.सं.२०२४ सेप्टेम्बर ०५ नेपाल सम्बत ११४४ ञंलाथ्व द्धितीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ शुक्ल द्धितीया, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, शुभ योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५:४४ बजे भयो भने सूर्यास्त साँझ ०५:१९ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काम बिग्रने डरले सताउने समय छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा भने उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुऱ्याउनुहोला । समयमा सजग नबन्दा शुभचिन्तकहरू पनि टाढा हुन सक्ने योग छ । मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन रमाइलो जमघटले आनन्द दिलाउला । विछोडिएका आफन्त एवम् मित्रजनसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ । अधिकारका लागि भने केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा दिन खोज्ने पनि भेटिएलान् । फजुल खर्च बढ्ने योग छ । मानसम्मान प्राप्त हुने समय छ । प्रेमभाव बढ्नेछ । आँट वृद्धि हुनेछ । यात्रापरक काम बन्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): केही बाध्यतापूर्ण काममा जुट्नुपर्ने समय छ । स्वास्थ्यमा पनि केही कमजोरी अनुभूति हुन सक्छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन र आइपरेका समस्या सुल्झाउन सकिनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ तर बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय छ । काम पूरा नभए पनि आंशिक फाइदा भने मिल्नेछ । सामाजिक उत्तरदायित्व वहन गरिएला । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्, सावधानी अपनाउनु हितकर हुनेछ । सुख वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आयआर्जनका स्रोत बढ्नेछन् भने दैनिक काममा पनि राम्रै फाइदा हुने समय छ । चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्ने योग छ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । खर्च बढ्न सक्छ, सचेत रहनुहोला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): धन आर्जन हुने समय छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइएला । नयाँ कामको प्रस्ताव आउने योग छ, साथै पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका जुर्ला । परिवारजनको साथले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले सताउन सक्छन्, सचेत रहनुहोला । कार्यगति र आयबल बढ्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन अरूका काममा समय खर्चनुपर्ला । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । तथापि, आश मारेको काम बनेर उत्साह जाग्ने योग छ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनुपर्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अरूको भरपर्दा धोका मिल्ने समय भएपनि मेहनतको फल प्राप्त हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला । परिवारजनका आवश्यकता पूरा हुनेछन् भने दिगो फाइदा हुने काममा लगानी गर्ने मौका मिल्ने योग छ । भाग्यबल बढ्नेछ । आरोग्यता रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दिगो फाइदा हुने काममा लगानी गर्ने समय छ । विभिन्न सहयोग तथा उपहार प्राप्त होला । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ । यात्रामा खर्च बढ्न सक्छ । चोटपटकमबाट बच्न विशेष ध्यान दिनु हितकर छ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): धनर्जन हुने दिन छ । गरिएका कामको राम्रै मूल्यांकन होला । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ भने प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । दामपत्य सुख वृद्धि हुनेछ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): वादविवादमा परिने योग भएकाले आजको दिन बोली र व्यवहारमा विशेष संयमता अपनाउनु हितकर होला । आँट गर्न नसक्दा विशेष योजना कार्यान्वयन नहुन सक्छ । छरछिमेकमा असमझदारी बढ्न सक्छ । खर्चको अभाव महसूस होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । सामर्थ्य बढ्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्ने समय छ, तथापि चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिएला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ । पुरानो समस्या दोहोरिनाले अलिक अप्ठ्यारोमा परिएला, सचेत रहनुहोस् । प्रेमभाव बढ्नेछ ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्