पेरिस पाराओलम्पिकमा काँस्य पदक विजेता पलेशालाई ६५ लाख पुरस्कारसहित सम्मान गर्ने प्रधानमन्त्री ओलीको घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले ओलम्पिक खेलकुदमा नेपाललाई पहिलोपटक पदक दिलाउने पलेशा गोवर्धनलाई ६५ लाख रुपैयाँ पुरस्कासहित सम्मान गरिने घोषणा गरेका छन् ।

पलेशाले पेरिस पाराओलम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहमा काँस्य पदक जितेकी हुन् । जुन नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो पदक हो ।

- Advertisement -
Ad image

‘पलेशालाई रु ६५ लाख पुरस्कार सहित सम्मान गरिने छ । पारा ओलम्पिकमा पलेशा गोवर्धनले नेपाललाई खुसी दिनुभयो। नेपाललाई पहिलोपटक ओलम्पिक पदक दिलाउने पलेशालाई हार्दिक बधाई’, बुधबार प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले उहाँलाई दिन लागेको रु ६५ लाख पुरस्कारमा लाग्ने कर छुट गरिने छ।’ उनले लेखेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्