एमाले सांसद शर्मालाई कहिले समाउने भन्दै प्रधानमन्त्री ओलीलाई बालेन शाहको प्रश्न

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएको विषयमा प्रश्न गरेका छन्।

एमालेकी प्रदेश सांसद रहेकी रेखा शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएकाे र दैनिक रुपमा ती बालिकालाई कुटपिट समेत गर्दै आएको बताउँदै मेयर बालेनले २ महिनादेखि महानगरले आग्रह गर्दा पनि सरकारले कारबाही नगरेको भन्दै प्रश्न गरेका हुन्।

- Advertisement -
Ad imageAd image

वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।
सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु ,

सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ ।
सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला ।
कहिले समाउने ? कि नसमाउने ??

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्