घण्टी बोकेर मात्र चुनाव जितिँदैन, जनताको एजेण्डा बोक्नुपर्छः रवि लामिछाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचन जित्न जनताको एजेण्डा बोक्नुपर्ने बताएका छन् । आज (शनिबार) पार्टीको कर्णाली प्रदेश भेलालाई विरेन्द्रनगरमा सम्बोधन गर्दै उनले घण्टी बोकेरमात्रै चुनाज नजितिने बताएका हुन् । ‘घण्टी बोकेर मात्र जितिँदैन । जनताका एजेण्डा बोक्नुपर्छ,’– उनले भने ।

साथै, प्रतिस्पर्धाबाट अब्बल हुनेलेमात्रै पार्टीमा अवसर पाउने उनको भनाइ छ । कर्णालीले जित्नका लागि २०८४ को निर्वाचनमा रास्वपाले जित्नुपर्ने उनको भनाइ छ । सभापति लामिछानेले वर्तमान सरकारले आगामी तीन वर्ष बाँडिचुँडी खानेबाहेक केही गर्न नसक्ने दाबी गरे । उनले वर्तमान सरकारलाई ‘अनुभवी लुटेरा गठबन्धन’ को संज्ञा दिए ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्