साफ यू-२० च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश भिड्दै: कसले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – आज साफ यू-२० च्याम्पियनसिपको फाइनल खेल हुँदै छ। फाइनल खेलमा नेपाल र बंगलादेश आमने सामने हुँदै छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपरान्ह २: ३० बजेदेखि हुने भएको छ। लगातार भइरहेको बर्षाका कारण दशरथ रंगशाला खेल्न योग्य नभएपछि फाइनल खेलपनि एन्फा कम्प्लेक्समा नै हुने भएको एन्फाले जानकारी दिएको छ।

- Advertisement -
Ad imageAd image

नेपालले सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो। त्यस्तै बंगलादेशले भने सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।

नेपाल र बंगालदेश यस प्रतियोगीताको एकै समूह ए मा रहेका थिए। समूह चरणको खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो।

नेपालले अहिलेसम २०१५ र २०१७ मा साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको भएपनि बंगलादेशले भने अहिलेसम्म यो उपाधि जितेको छैन। बंगलादेश अहिलेसम्म २०१७, २०१९ र २०२२ मा फाइनलमा पुगेर पराजित भएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्