साफ यू–२० च्याम्पियनसिप आजदेखि: उद्घाटन खेलमा नेपाल र श्रीलंकाको भिडन्त, कस्ले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ भाद्र २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौँ – साफ यू–२० च्याम्पियनसिपको उद्घाटन खेलमा आज (आइतबार) घरेलु टोली नेपाल र श्रीलंकासँग भिड्दैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ।

यसअघि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रथंशालामा उद्घाटन खेल हुने भनिए पनि खराब मैदानका कारण खेल एन्फा कम्प्लेक्समा सरेको हो।

- Advertisement -
Ad imageAd image

एन्फा कम्प्लेक्समा हुने खेल हेर्नका लागि ३ सय रूपैयाँ टिकट दर तोकिएको छ। च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्र सहभागी छन्। सहभागी ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ए मा बंगलादेश र श्रीलंका रहेका छन्।

समूह बी मा भारत, मालदिभ्स र भुटान छन्। समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्