पशुपति कोटीहोमका आयोजक भण्डारीलाई सोधपुछ गर्न जाँदा प्रहरीमाथि नै आक्रमण, केही प्रहरी घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ भाद्र २०८१, शनिबार
2 Min Read
Aa

काठमाडौं – पशुपतिको कोटिहोम स्थल मध्यरातमा तनावग्रस्त भयो। सो क्षेत्रमा सादा पोशाकका केही प्रहरीहरु पुगेपछि तनाव भएको हो।

सो क्षेत्रमा कथाबाचक विजय कृष्णमूर्ति जी महाराज उर्फ विजय भण्डारीका समर्थकहरु र प्रहरीबीच विवाद हुँदा तनाव भएको हो।आफूलाई धार्मिक गुरु बताउने भण्डारीका समर्थकले गुरुलाई पक्राउ गर्न आएको भन्दै प्रतिवाद गरेपछि तनाव भएको बताइएको छ।

- Advertisement -
Ad imageAd image

फेसबुक लाइभमा आएका उनले विदेशीको इसारामा नेपाल प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको आरोप लगाएका छन्। आज कोटिहोमको समापन थियो। समापनपछि राति प्रहरी त्यहाँ पुगेको थियो।  प्रहरी पुगेपछि समर्थकहरुले विजय कृष्णमूर्तिलाई घेरा हालेर राखेका थिए। उनीहरुले सरकार र प्रहरीविरुद्ध नाराबाजीसमेत गरेका थिए।

काठमाडौं प्रहरीका एसएसएपी बसन्त रजौरेले कोटिहोम समापनपछि विजय कृष्णमूर्तिसँग केही सोधपुछ गर्नुपर्ने भएकाले सादा पोशाकका प्रहरी पुगेको तर उनका समर्थकहरुले प्रहरीमाथि हातपात गरेको बताएका छन्। प्रहरीमाथि हातपात गर्ने दुई जनालाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको उनले बताए।

यसैबीच आफूलाई धर्मगुरु बताउने भण्डारीको समूहले पत्रकार श्याम सुन्दर पुडासैनीमाथि समेत हातपात गरेको छ । शुक्रबार मध्यरात पशुपतिमा भएको तनावको विषयमा रिपोर्टिङमा पुगेका उनीमाथि भण्डारीको समूहले हातपात गरेको हो ।

नेपाल भ्यूजमा कार्यरत पुडासैनीले पशुपतिनाथमा कोटिहोम समापनका क्रममा देखिएको अराजकताबारे उनले घटनास्थलबाटै फेसबुकमा लेखेका थिए- ‘कोटिहोमस्थलमा अहिले मध्यरात चर्काे भाषणबाजी, विजय कृष्णमुर्तिको ठगी महायज्ञले पखालिएको दाबी, बंगलादेश जस्तो हिंशा मच्चाउने अभिव्यक्ति ।’ पुडासैनीले आफूमाथि अराजक समूहले निगरानी गरिरहेको र त्यहाँको अवस्थाबारे फेसबुकमा लेख्नेबित्तिकै घेराबन्दीमा पारेर मञ्चमा उकालेर आक्रमण गरेको जानकारी दिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्