पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो: हवाई इन्धन र ग्याँसको मूल्य यथावत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ श्रावण २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेपनि खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । अब नयाँ मूल्यअनुसार काठमाडौंमा पेट्रोल १६५ रुपैयाँ र डिजेल तथा मट्टितेल १५५ रुपैयाँ प्रतिलिटर भएको छ।

- Advertisement -
Ad image

घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्