साउन ३० गते बुधबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० श्रावण २०८१, बुधबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि सं २०८१ साल साउन ३० गते बुधबार तदनुसार सन् २०२४ अगष्ट १४ तारिख। साउन शुल्क पक्षको दशमी तिथि। आज बिहान आज बिहान ५ बजेर ३४ मिनेट जाँदा झुल्कीएको घाम साँझ ६ बजेर ४२ मिनेटमा अस्ताउने छ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कुनै नयाँ कामको थालनी गर्ने योजना बनाउनुभएको छ भने अघि बढ्न उपयुक्त समय छ । काममा जाँगर बढ्नाले धनलाभ होला । सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ । साहस र सामर्थ्यका साथै प्रेमभाव बढ्नेछ । कर्ममा अनुकूलता वृद्धि होला । शत्रुपक्ष परास्त हुनेछ । आशा उत्साह बढ्नेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): ब्यर्थमा आज मनमा डर जाग्नसक्ने योग छ । कसैसँग हल्का मनमुटाव वा विवादको अवस्था आइपर्न सक्छ, सतर्क रहनुहोला । समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने सम्भावना छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना रहेकोले खानपानमा विशेष सावधान रहनहोला । चोटपटकबाट बच्न पनि सावधानीको दरकार छ । आफन्तजनको साथ–सहयोग प्राप्त होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन मिश्रित फलदायी छ । कसैबाट आदर-सम्मान मिल्ला । जागिरको काममा भने खासै मन जाने देखिन्न । राजनीतिमा हुनेले आफ्नो वर्चस्व बढाउन सक्ने योग छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने छ । व्यस्तता बढ्नेछ भने बौद्धिकता र रचनात्मकतामा पनि बढोत्तरी होला । मन प्रशन्न रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सोचेका काम पूरा भइ सुखको अनुभूति हुने दिन छ । आजको दिन आर्थिक कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउनुहुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने योग छ । पराक्रम र आरोग्यता बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समय शुभदायी छ । नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर हनेछ । परिवारमा भने सामान्य विवाद हुन सक्छ, सावधान रहनुहोला । कतै आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । आयआर्जन राम्रै हुनेछ । कर्मबलका साथै रसरागमा आकर्षण बढ्नेछ । समयले साथ दिनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): स्वास्थ्यमा सामान्य कमजोरीका साथै काममा ढिलासुस्ती हुन सक्ने दिन छ । आज तपाइलाई अल्छीपनले सताउला । बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने योग छ । आरोग्यता भने रहनेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): परिश्रमअनुसार राम्रै उपलब्धि मिल्ने समय छ । रोकिएका काम फेरि सुरु हुन सक्छन् । पाहुनाको आगमनले सुख दिलाउने सम्भावना छ । बुद्घिको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । कुनैपनि समस्याको समाधान मिल्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आज चिताएको काममा सफलता पाइनुका साथै धन लाभ पनि हुने दिन छ । पुराना मित्रजनसँगको भेटघाटले मन रमाउला । आज अनौठो तरिकाबाट धनलाभ हुने योग छ । परिवारबाट सुखको अनुभुति हुनेछ । भाग्यबल वृद्धि हुनेछ । स्वास्थ्यमा भने विशेष ध्यान दिनु हितकर हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): कर्मबल बढ्नेछ । समाजिक सम्मान पाउने र लाभप्रद यात्रा हुन सक्ने समय छ । अनौठो तरिकाबाट आम्दानी हुन सक्छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका साथ दिन बित्ने योग छ । स्वास्थ्यप्रति भने विशेष सतर्क रहनु हितकर होला । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन आर्थिक पक्ष खासै राम्रो छैन, नसोचेको निरर्थक क्षेत्रमा पैसा खर्च हुने सम्भावना छ, सावधान रहनुहोला । स्वास्थ्य केही कमजोर रहन सक्छ, ध्यान राख्नुहोला । प्रेमभाव वृद्धि हुनेछ । आफन्त एवम् मित्रजनको सहयोग मिल्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): ब्यस्तता वा दौडधुप बढे पनि आश मारेको काम तपाईंको अथक प्रयासमा बन्ने दिन छ । आफन्तजनको सहयोग पनि प्राप्त होला । मित्रजनसँगको भेटघाटले मन प्रफुल्ल हुनेछ । आजको दिन बिहानीपख सुखको अनुभव होला तर बेलुकी काम गर्नमा मन नलाग्न सक्छ । भय र भ्रमबाट मुक्ति मिल्ला । रसरागको भाव वृद्धि होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दिन शुभदायी छ । नचिताएको ठाउाबाट आम्दानी होला । आम्दानीका विभिन्न बाटाहरु खुल्ने योग छ । ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने दिन छ । उपलब्धिमूलक एवम् रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुने समय छ । प्रेमभाव वृद्धि तथा दाम्पत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्