अन्नपूर्ण एयरको हेलिकप्टर बाँकेमा आकस्मिक अवतरण !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ श्रावण २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौंबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरको हेलिकप्टर बाँकेको राप्तिसोनारी गाउँपालिका–१ भम्कामा आकस्मिक अवतरण गरिएको छ । अन्नपूर्ण एयरको नाइन एन–एनयु हेलिकप्टर खराब मौसमका कारण अपराह्न ४ः ४० बजे खेतमा आकस्मिक अवतरण गरिएको हो ।

सो हेलिकप्टर नेपालगन्जमा तेल भरेर बैतडी जान काठमाडौँबाट उडेको थियो । नेपालगन्ज नपुग्दै मौसम खराब भएको कारण आकस्मिक अवतरण गरेको सशस्त्र प्रहरी बल ३० नम्बर बागेश्वरी गण हेडक्वाटरका एसपी विमल डाँगीले जानकारी दिए । उक्त हेलिकप्टरमा सवार भारतीय नागरिक र पाइलटसहित हेलिकप्टर पनि सुरक्षित रहेको बताइएको छ ।

- Advertisement -
Ad imageAd image

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्