काभा वुमन्स नेसन्स लिग: इरानलाई हराउँदै नेपाल फाइनलमा, भारतसँग उपाधि भिडन्त पक्का

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ श्रावण २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – इरानलाई सोझो सेटमा हराउँदै नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। दुई पटकको च्याम्पियन नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार भएको दोस्रो सेमिफाइनलमा इरानमाथि सोझो सेटको जित निकाल्दै घरेलु टोली नेपाल उपाधि नजिक पुगेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार इरानलाई २५–२१ , २८–२६ र २५–२० को जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो।

- Advertisement -
Ad imageAd image

दोस्रो सेटमा नेपाल २१–२४ ले पछि परेको नेपालले २८–२६ को रोमाञ्चक जित निकालेको हो। पहिलो सेटमा सहज जित निकालेको नेपालका लागि दोस्रो सेट भने केही प्रतिस्पर्धात्मक बन्यो।

योसँगै नेपालले इरानसँग लिग चरणमा भोगेको हारको बदला समेत लिएको छ। नेपाल लिग चरणमा इरानसँग ३–२ को सेटमा पराजित भएको थियो। नेपालले अब उपाधिका लागि साविक विजेता भारतसँग खेल्नेछ।

भारतले आजै भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई सोझो सेटमा हराउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो। भारतले श्रीलंकालाई २५–१५, २५–१६ र २५–२३ को जित निकाले हो।

इरानले अब तेस्रो स्थानका लागि बुधबार श्रीलंकासँग खेल्नेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्