हसिनाले देश छोडेर भागेसँगै बंगलादेशमा सैनिक ‘कु’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ श्रावण २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – विद्यार्थी आन्दोलनको दवाव थाम्न नसकेपछि बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाले राजीनामा दिएर देश छोडेकी छिन्।

उनले देश छाडेपछि बंगलादेशमा सैनिक कु भएको छ । देशवासीका नाममा केहीबेर अघि सन्देश जारी गर्दै प्रधानसेनापति वाकेर उज जमानले शासन व्यवस्था लिएको घोषणा गरेका छन्।

- Advertisement -
Ad imageAd image

उनले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको पुष्टि गर्दै तत्कालै अन्तरिम सरकार गठन हुने पनि घोषणा गरेका छन् । सैनिक कुसँगै प्रधानमन्त्री हसिनाको डेढ दशकको सत्तारोहण समाप्त भएको छ ।

कोटा प्रणालीको खारेजी माग गर्दै विद्यार्थीले सरकारविरुद्ध असहयोग आन्दोलन चर्किँदै गएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सोमबारै देश छाेडेकी थिइन् । प्रधानसेनापतिले धैर्य गर्न सबैमा अपिल गरेका छन् ।

प्रदर्शनकारी प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन्। रिक्तता र अशान्तिपूर्ण अवस्था नियन्त्रणमा लिने तयारीमा बंगलादेशको सेना लागेको छ। उनले विद्यार्थीलाई शान्त रहन आग्रह गर्दै विद्यार्थी हत्याको अनुसन्धान गर्ने समेत प्रतिवद्धता जनाएका छन्।

कस्तो खालको सरकार बन्छ भन्ने चाहिँ उनले खुलाएका छैनन्। बंगलादेशमा कुनै संकटकाल घोषणा नगर्ने र शान्ति स्थापना गर्ने बताउँदै सेना प्रमुखले आफूहरुलाई केही समय दिन विद्यार्थीहरुलाई आग्रह गरेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्