काठमाडौं – अन्त:शुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोप लागेर मुख्यसचिव पदबाट निलम्बनमा परेका बैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन्।
आईतबार बिशेष अदालतमा बयानका लागि उपस्थित भएका अर्यालको थुनछेक बहसपछि ५० हजार धरौटीमा रिहा गर्ने आदेश भएको थियो। त्यसपछि उनी धरौटी बुझाएर रिहा भएका हुन्।
आईतबार अदालतमा उपस्थित भएका अर्याललाई विशेषका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर, सदस्य न्यायाधीशहरू राम बहादुर थापा र न्यायाधीश रितेन्द्र थापाको इजलासले ५० हजार धरौटीमा छोडेको सहप्रवक्ता यज्ञराज रेग्मीले जानकारी दिए।
केही समयअघि अन्त:शुल्क स्टिकर खरिदमा अनियमितता गरेको कसुरमा अर्याल सहित १२ जनाविरूद्ध ३८ करोड ६७ लाख १७ हजार ६४० बिगो मागदाबी गर्दे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।


प्रतिक्रिया दिनुहोस्