ताप्लेजुङमा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ श्रावण २०८१, आईतवार
1 Min Read
Aa
EARTHQUAKE

काठमाडौं – ताप्लेजुङमा भूकम्प गएको छ । ताप्लेजुङको खेजेनिम आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर १३ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

यसअघि २०६८ असोज १ गते साँझ ६ः२५ बजे नेपालको ताप्लेजुङ र भारतको सिक्किम सीमामा अवस्थित कञ्चनजङ्घा हिमाल क्षेत्र केन्द्रबिन्दु भई ६.९ म्याग्निच्युडको भूकम्प जाँदा नेपाल र भारतका गरी १११ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्