घाँस काटिरहेका बेला भीरबाट खस्दा २२ वर्षीया युवतीको मृत्यु !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० श्रावण २०८१, बिहीबार
0 Min Read
Aa

बैतडी – बैतडीमा बुधबार घाँस काट्ने क्रममा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ। भीरबाट लड्दा जिल्लाको डिलाशैनी गाउँपालिका–६ खरेलीगाउँकी २२ वर्षीया अनिता नाथ रहेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

घरनजिकै रहेको डोब्रा भीरमा घाँस काटिरहेका बेला दुई सय मिटर तल खस्न गई उनको घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्