बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर लामा नियुक्त, शपथ भोलि हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ श्रावण २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले मंगलबार लामालाई मुख्यमन्त्री नियुक्त गरेका छन् । मंगलबार नै उनले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका लामाले एमालेका २७ र कांग्रेसको ३७ गरी ६४ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

- Advertisement -
Ad imageAd image

आईतबार माओवादीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८(२) बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेको थियो ।

नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूको शपथ भोलि बुधबार बिहान हुने प्रदेश प्रमुख यादवचन्द्र शर्माले जानकारी दिए । १३ मन्त्रालय रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्री र अर्थ मन्त्रालयसहित ७ वटा र एमालेले भौतिक पूर्वाधारसहित ६ मन्त्रालय लिने सहमति भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्