रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै विदेश भ्रमण नजान प्रधानमन्त्रीको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ श्रावण २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा विदेश भ्रमणबारे तीनवटा निर्देशन दिएका छन् ।

बैठकमा प्रधानमन्त्री ओलीले फटाफट काम गर्नुपर्ने बेला भएकाले सकेसम्म मन्त्री, सचिव लगायत उच्च पदस्थ विदेश भ्रमणमै नजान, जानैपर्ने भ्रमण भए अवधि छोट्याउनैपर्ने र भ्रमण टोलीमा महिला हुनैपर्ने निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

- Advertisement -
Ad image

भ्रमण मण्डलमा दुई जनामात्रै भए पनि कम्तीमा एक महिला अनिवार्य हुनैपर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए । तर रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै प्रधानमन्त्रीले सकेसम्म भ्रमण नै नगर्न निर्देशन दिएको उनले बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्