महिला एशिया कप: पाकिस्तानसँग नेपाल ९ विकेटले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ श्रावण २०८१, सोमबार
2 Min Read
Aa

काठमाडौँ – एसीसी महिला एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ। नेपालले दिएको १ सय ९ रनको सामान्य लक्ष्य पाकिस्तानले ११.५ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो।

पाकिस्तानका लागि ओपनरद्धय गुल फिरोजा र मुनिवा अलिले १ सय ५ रनको शतकिय साझेदारी गरे। फिरोजा ५७ रन बनाउँदा कविता जोशीको बलमा क्याच आउट भईन्। उनले ३५ बलमा १० चौका प्रहार गरिन्।

- Advertisement -
Ad imageAd image

मुनिवा ४६ तुवा हसन १ रनमा नटआउट रहे। मुनिवाले ३४ बलमा ८ चौका प्रहार गर्दै अविजित रहिन्। त्यसअघि रंगिरी डमुल्ला क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८ रनको योगफल तयार पारेको हो।

छैटौँ विकेटका लागि पुजा महतो र कविता जोशीले ३४ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासे। २३ बलमा ४ चौका र १ छक्का प्रहार गरेकी कविता जोशी ३१ रनमा अविजित रहिन्।

३२ बलमा ३ चौका प्रहार गरेकी पुजा २५ रन बनाउँदा रनआउट भइन्। सीता रानामगर २६ रन बनाउँदा रन आउट भईन्। उनले ३० बलमा ३ चौका प्रहार गरिन्।

कविता कुवँर १३ रन बनाउँदा क्याच आउट भइन्। कप्तान इन्दु बर्मा शून्य रनमा नै बोल्ड आउट भइन्। रुविना क्षेत्री ८ रनमा रनआउट रहिन्।

नेपाललाई कम स्कोरमा रोक्न पाकिस्तानका लागि सादिया इकवालले २ तथा फतिमा सनाले १ विकेट झारिन्। समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार भारतविरुद्ध खेल्नेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्