दोलखाको भीमेश्वर मन्दिरको शिलामा लगातार पसिना: जनतालाई अनिष्ट नहोस भनेर क्षमापूजा !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ श्रावण २०८१, शनिबार
1 Min Read
Aa

दोलखा – दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा लगातार पसिना आइरहेको छ। भीमेश्वर मन्दिरको शिलामा शनिबार दिउँसो १ः४७ बजेबाट पसिना आउन सुरु भएको हो। शिलाबाट निस्कने तरल पदार्थलाई पसिना मान्ने गरिएको छ।

शिलाको बाँयातर्फबाट पसिना आएको भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितिले जनाएको छ। समितिका अध्यक्ष भरत श्रेष्ठले पसिना आउने क्रम अझै जारी रहेको बताएका छन्। भीमेश्वरको शिलामा बायाँतर्फबाट पसिना आएमा जनतालाई अनिष्ट हुने दाबी गर्ने गरिएको छ।

- Advertisement -
Ad imageAd image

भीमेसनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा, नगरा, स्थानीय बाजा बजाउँदै कुनै अनिष्ट नहोस् भनेर कामना गर्ने र शिलालाई चम्मरले हम्किने चलन छ। मन्दिरपरिसरमा अहिले क्षमापूजा भइरहेको छ।

भीमसेनलाई पसिना आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टासहित सबै प्रकारका बाजाहरू बजाइन्छ। पसिना आएको खबर सार्वजनिक हुनासाथ ठूलो संख्यामा दर्शनार्थी मन्दिरपरिसरमा पुगेका थिए । शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई प्रदान गरिन्छ भने शिलाको पसिना पुछिएको कपास राष्ट्रपतिको कार्यालयमा पठाउने प्रचलन रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्