ओली सरकारमा ४ दल सहभागी, पहिलो दिन नै बन्यो २२ सदस्यीय मन्त्रिपरिषद्

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३२ असार २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – केपी शर्मा ओली नेतृत्वको सरकारमा २१ मन्त्रीले पनि प्रधानमन्त्री ओलीसँगै आजै एकैपटक शपथ लिएका छन् । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले आफ्ना मन्त्री सरकारमा पठाएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो शपथग्रहणसँगै २२ सदस्यीय मन्त्रिपरिषद्को गठन गरेका हुन् । कांग्रेसबाट १० जना, एमालेबाट ८ जना, जसपा नेपालबाट २ जना, लोसपाबाट एक जना मन्त्री बनेका छन् । प्रधानमन्त्रीसँगै पहिलो दिन नै यति धेरै मन्त्रीले सपथ लिएको पहिलो पटक हो ।

- Advertisement -
Ad image

मन्त्रीहरुको कार्यविभाजन यसप्रकार छ–
केपी शर्मा ओली, प्रधानमन्त्री

प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास

विष्णु पौडेल, उपप्रधान तथा अर्थ

पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय

रमेश लेखक, गृह

शरतसिंह भण्डारी, श्रम तथा रोजगार

आरजु राणा देउवा, परराष्ट्र

नवलकिशोर साह सुडी, महिला बालबालिका

बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी

दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति

देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात

तेजुलाल चौधरी, युवा तथा खेलकुद

प्रदीप यादव, खानेपानी

प्रदीप पौडेल, स्वास्थ्य

अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला

बद्री प्रसाद पाण्डे, पर्यटन

रामनाथ अधिकारी, कृषि

विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि

मानवीर राई, रक्षा

दीपक खड्का, जलस्रोत तथा ऊर्जा

राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य

ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्