कीर्तिपुर क्रिकेट मैदानलाई रंगशाला बनाउने ओली सरकारको पहिलो निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३२ असार २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कीर्तिपुर क्रिकेट मैदानलाई रंगशाला बनाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३०० दिनको समयसीमाभित्र क्रिकेट रंगशाला बनाइसक्ने निर्णय गरेको छ ।

- Advertisement -
Ad image

बैठकको निर्णयबारे प्रधानमन्त्री ओलीले फेसबूकमा लेखेका छन्, ‘कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ । यस कामका लागि ३०० दिनको समयसीमा तोकिएको छ ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्