काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री पदमा नियुक्ति आईतबार मात्रै हुने भएको छ ।
ओलीले १६६ सांसदको समर्थनसहित शुक्रबार राति प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर अध्यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।
कांग्रेस र एमालेका सांसदका १६६ सांसदको समर्थनसहितको फाइल प्राप्त गरेसँगै राष्ट्रपतिले आवश्यक अध्ययन गरेर आइतबार नियुक्ति गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्