नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न राष्ट्रपतिको आह्वान: ओली प्रधानमन्त्री बन्ने पक्का

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ असार २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि बहुमतसहित दाबी पेश गर्न आह्वान गरेका छन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ७६(२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएर आईतबार साँझ ५ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका हुन् ।

- Advertisement -
Ad image

संसद्मा विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्री पदमुक्त भएपछि नेपाली कांग्रेस र नेकपा एमालेले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्ने तयारी गरेका छन् ।

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ । प्रतिनिधि सभामा कांग्रेसका ८८ र एमालेका ७९ सांसद छन् । २ दलको मत संख्या जोड्दा सहज बहुमत १६७ पुग्ने अवस्था छ ।

ओलीलाई कांग्रेसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी (१४), जनता समाजवादी पार्टी (७), जनमत पार्टी (६), जनता समाजवादी पार्टी, नेपाल (५) तथा नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (४/४) ले पनि समर्थन गर्ने जनाइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्