रामेछापमा जिप पल्टिँदा १ को मृत्यु, ९ जना घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ असार २०८१, बुधबार
0 Min Read
Aa

रामेछाप – रामेछापमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका–७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३–०१–०२३ च ३९२९ नम्बरको जीप मंगलबार साँझ दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

- Advertisement -
Ad imageAd image

मृत्यु हुनेमा रामेछापकै ६२ वर्षीया माया विक रहेकी छिन्। घाइते सबैको मन्थली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्