प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ असार २०८१, मंगलवार
1 Min Read
Aa
सांसद खतिवडा काठमाडौँ, २८ चैतः सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा धारणा राख्दै नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडा । तस्बिरः रत्न श्रेष्ठ÷रास

काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँबानेश्वरस्थित संसद भवनमा अहिले बिहान ११ बजे बस्ने आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘थारू आयोगको पाँचौँ वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८० आषाढ) पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

- Advertisement -
Ad imageAd image

यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्